मलेसियामा बाढीले १३ हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर- मलेसियाको उत्तरी बोर्नियो राज्य सारावाक र सबाहमा आएको बाढीका कारण १३ हजार भन्दा बढी मानिस विस्थापित भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

सारवाकमा ११ हजार ८४० मानिसहरूलाई ६३ बाढी राहत केन्द्रहरूमा राखिएको  समाज कल्याण विभागले जनाएको छ ।

EPIC EPIC EPIC

यसैबीच, उपप्रधानमन्त्री फडिल्लाह युसुफले यस पटक विपद्को सामना गर्न निकै चुनौतीपूर्ण रहेको बताए । विशेषगरी विन्तुलु जिल्लामा आएको बाढीका कारण लजिस्टिक कठिनाइ रहेको उनले बताए ।

मौसम विभागले कम्तीमा ४ फेब्रुअरीसम्म विशेषगरी सारावाकका धेरै जिल्लामा  लगातार भारी वर्षा हुने चेतावनी जारी गरेको छ । (सिन्ह्वा)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *