जनकपुरधाम। नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ अन्तरगतको कार्यक्रम आज धनुषामा हुने भएको छ ।
अभियानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शनिबार सिरहाको कार्यक्रम सकेर धनुषा आइपुगेका हुन् । अभियान अन्तर्गत धनुषाका केही कार्यक्रमहरु तय भएको माओवादीले जनाएको छ ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।