माघ ४ मा घण्टिघर प्रवेश गरेर जनकपुर र झापा जाँदै मेयर बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माघ ४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा छन्। मेयर शाह निकट स्रोतका अनुसार उनले माघ ४ गते नै मेयर पदबाट राजीनामा दिएर घण्टिघरमा आयोजना हुने कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ।

रास्वपाले मेयर शाहलाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति गरिसकेको छ। पार्टी प्रवेशपछि माघ ५ गते उनी मधेश प्रदेशको जनकपुर जाने कार्यक्रम छ, जहाँ रास्वपाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ।

EPIC EPIC EPIC

जनकपुरको कार्यक्रमपछि मेयर शाह झापा जाने कार्यक्रम छ। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *