माछापुच्छ्रे बैंकको डेढ करोड बढी रुपैयाँ हिनामिना गरेको आरोपमा एकजना पक्राउ

माछापुच्छ्रे बैंकको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको रोईनिहवाका निरन्जन पाठक रहेका छन् ।

‘माछापुच्छ्रे बैंकले दिएको जाहेरीको आधारमा अनुसन्धानको लागि पाठकलाई पक्राउ गरिएको हो ’उनले भने ‘थप अनुसन्धानको लागि म्याद थप गराउने प्रक्रियामा रहेका छौं । ’पाठकमाथि डेढ करोड बढी रकम हिनामिना गरेको आरोप रहेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा शाखारहित बैंकिङ सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले सयौं निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

EPIC EPIC EPIC EPIC EPIC

रकम जम्मा गर्न आउने सेवाग्राहीलाई बैंकले रकम जम्मा गरेको भौचर दिइ खातामा रकम नै जम्मा नगरेको पाइएको छ । जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको मर्चवारमा राष्ट्र बैंकको नीति अनुसार माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ कारोबारको लागि कार्यालय खोलेको थियो । गत स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रही दोस्रो भएका स्थानीय निरन्जन पाठकले एजेन्ट भइ बैंकसँग सम्झौता गरेर उक्त बैंक सञ्चालन गरेका थिए ।

कारोबार व्यवस्थापनको लागि भन्दै सोही गाउँकै सिकन्दर ठाकुरलाई व्यवस्थापक पनि बनाइएको थियो । सो शाखारहित बैंकमा रकम जम्मा गर्ने सेवाग्राहीले रकम झिक्न जाँदा रकम नै नभएको थाहा पाएपछि घटना बाहिर आएको थियो । घटना एक वर्षअघि बाहिर आए पनि सो बैंकका एजेन्ट पाठकलाई अहिले आएर मात्र बैंकिङ कसुरमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *