काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहितका दलसँगको एकता अस्वीकार गरेकी एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन् ।
नेपालले माओवादी केन्द्रसहितका वाम दलसँग एकता गरेपछि असहमति जनाएपछि अध्यक्ष नेपालले उनलाई कारबाही गरेका थिए ।सोही कारबाहीको प्रतिक्रिया स्वरूप झाँक्रीले शुक्रबार आफ्नो फेसबुकमा व्यङ्ग्यपूर्ण स्टाटस लेखेकी छिन् ।
उनले लेखेकी छन्, ‘प्रिय कमरेड माधव, अभिवादन ’ आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र ?’नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभएका झाँक्रीसहित केही नेता नेकपा एमालेमा फर्कने तयारीमा छन् ।



















