नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले पूर्वसहमतिमा धोका दिएपछि एमाले सरकारबाट बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन् ।
मुख्यमन्त्री कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।
एमालेसँगको सहमति विपरीत मुख्यमन्त्री कार्कीले गठबन्धनको माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।



















