मूल्यवृद्धिको विरोधमा रास्वपाद्वारा प्रचण्डले बोलाएको बैठक बहिष्कार

Rabi Lamichhane

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा रहेका दलहरुको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बहिस्कार गरेको छ ।

चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धि गरेको आरोप लगाउँदै रास्वपाले बैठक बहिस्कार गरेको हो ।

EPIC EPIC EPIC

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणबारे जाँचबुझ आयोग गठनकासम्बन्धमा छलफल गर्न संसदमा रहेका दलहरुको बैठक बोलाएका छन् । रास्वपाले विरोधस्वरुप सोही बैठक बहिस्कार गर्न लागेको जानकारी सो पार्टीका सभापति रवि लामिछानेले जनाएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेख्दै विरोधका थप कार्यक्रमबारे जानकारी दिने उल्लेख गरेका छन् ।

सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयल निगमले हिजो पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *