झापा, असार ११ — झापा जिल्लाका १५ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन्। केही पालिकाबाहेक अधिकांशले गाउँसभा र नगरसभाबाट बजेट पारित गरिसकेका छन्।
नगरपालिकाहरूमा मेचीनगरको सबैभन्दा ठूलो बजेट
जिल्लाका ८ नगरपालिकामध्ये मेचीनगर नगरपालिकाले सबैभन्दा ठूलो—१ अर्ब ८२ करोड ६ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ।
त्यसपछि क्रमशः बिर्तामोडले १ अर्ब ५१ करोड ८३ लाख, दमकले १ अर्ब ४७ करोड र अर्जुनधाराले ९५ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।
नगरपालिकाहरूको बजेट विवरण यसप्रकार छ:
शिवसताक्षी नगरपालिका – ९१ करोड ४२ लाख
गौरादह नगरपालिका – ८४ करोड ३४ लाख
भद्रपुर नगरपालिका – ८० करोड ५ लाख
कनकाई नगरपालिका – ७० करोड ५९ लाख (सबैभन्दा कम)
गाउँपालिकामा कमल अगाडि, हल्दीवारी पछाडि
७ गाउँपालिकामध्ये कमल गाउँपालिकाको बजेट सबैभन्दा ठूलो रहेको छ। कमलले ७२ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ।
त्यसबाहेक बुद्धशान्तिले ६७ करोड ६७ लाख, कचनकवलले ६६ करोड १९ लाख, र बाह्रदशीले ५५ करोड १८ लाख रुपैयाँ बजेट ल्याएका छन्।
गाउँपालिकाहरूको बजेट विवरण:
गौरिगञ्ज गाउँपालिका – ५३ करोड ८६ लाख
झापा गाउँपालिका – ५१ करोड ४२ लाख
हल्दीवारी गाउँपालिका – ४९ करोड ७७ लाख (सबैभन्दा कम)
स्थानीय तहहरूले नीति तथा कार्यक्रममार्फत कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन्।