मेचीनगरमा झाडीभित्र फेला पर्यो अन्दाजी ३५–४० वर्षे पुरुषको शव

झापा। झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउको झाडीमा एक अन्दाजी ३५–४० वर्षका पुरुषको शव फेला परेको छ।

स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक पहाडी मूलका जस्तो देखिने भए पनि उनको परिचय खुल्न सकेको छैन।

EPIC EPIC EPIC EPIC EPIC

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

मृतकको पहिचान खुलाउने र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *