मेचीनगरमा मृत भेटिएको हात्तीलाई गोली हानेर हत्या गरेको पुष्टि

झापा। झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको डिभिजन बन कार्यालय झापाले पुष्टि गरेको छ ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो ।

EPIC EPIC EPIC

अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको प्रमाणित भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

उनका अनुसार हात्तीको कानको छेउमा गोली प्रहार भएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले शिकारी समूहले कानको छेउबाट गोली प्रहार गरेर मारेर दाह्रा काटेर लगेको हुनसक्ने राईले बताए ।

झापामा अहिलसम्म यस्तो घटना भएको थिएन । हात्तीलाई गोली हानेर मारेपछि मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले घटनाको घोर निन्दा गर्दै गहन अनुसन्धान गरेर दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च