मेचीनगरमा मृत भेटिएको हात्तीलाई गोली हानेर हत्या गरेको पुष्टि

झापा। झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको डिभिजन बन कार्यालय झापाले पुष्टि गरेको छ ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको प्रमाणित भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

उनका अनुसार हात्तीको कानको छेउमा गोली प्रहार भएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले शिकारी समूहले कानको छेउबाट गोली प्रहार गरेर मारेर दाह्रा काटेर लगेको हुनसक्ने राईले बताए ।

झापामा अहिलसम्म यस्तो घटना भएको थिएन । हात्तीलाई गोली हानेर मारेपछि मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले घटनाको घोर निन्दा गर्दै गहन अनुसन्धान गरेर दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *