मेचीनगरमा ७०.६ प्रतिशत मतदान भएको छ।
मेचीनगरमा कुल ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ६८८ जनाले मतदान गरेका छन् ।
मेचीनगरको वडा नं. १ मा ३५१६ मत खसेको छ भने वडा नं. २ मा ३६४९ मत खसेको छ ।
त्यस्तै वडा नं. ३ मा ३९२८ मत खसेको छ ।
वडा नं. ४ मा ३०७५, वडा नं. ५ मा २८३३, वडा नं. ६ मा ७७४०, वडा नं. ७ मा ६१३५, वडा नं. ८ मा ४२६९, वडा नं. ९ मा ५८९५ मत खसेको छ ।
त्यसैगरी, वडा नं. १० मा ६०७५ मत खसेको छ भने वडा नं. ११ मा २९८९, वडा नं. १२ मा ३३३८, वडा नं. १३ मा ३०६६, वडा नं. १४ मा ३२६२ र वडा नं. १५ मा ३९१८ मत खसेको हो ।
अहिले मतदान सम्पन्न भइसकेपछि नगरका ३५ मतदानस्थलका १०२ मतदान केन्द्रबाट मतपेटिका इटाभट्टास्थित नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।