मेयर बालेनले झापा-५ बाट उम्मेदवारी दिने संकेत !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता नियुक्त भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पार्टीका झापा नेताहरूसँग करिब डेढ घण्टा छलफल गरेका छन् ।

आइतबार ललितपुर–१० ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग भेटवार्ता गरेका हुन् ।

EPIC EPIC EPIC

झापा अध्यक्ष पाठकका अनुसार पार्टी सभापति रवि लामिछानेसहित नेतृत्वसँग छलफल गर्न काठमाडौँ आएका बेला मेयर बालेनसँग पनि संवाद गरिएको हो । छलफलका क्रममा मेयर बालेनले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको बताएका थिए ।

झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँबाट उनले पटक–पटक चुनाव जित्दै आएका छन् । २०६४ सालमा भने उनी तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए ।

पाठकका अनुसार मेयर बालेन झापा–५ बाट चुनाव लड्ने निर्णय नजिक पुगेको संकेत गरेका थिए । उनले आफ्नो टिमले झापा–५ को विकास अवस्था, स्थानीय आवश्यकता र पुराना दलहरूको स्थिति सम्बन्धी प्रारम्भिक सर्भेक्षण गरिसकेको जानकारी दिएका थिए ।

स्थानीय जनचाहना समेटेर ब्लुप्रिन्टजस्तो प्रारूप तयार पारिएको र रास्वपाको जिल्ला कमिटीले पनि केही योजना बनाएको भए पठाउन आग्रह गरिएको पाठकले बताए ।

छलफलका क्रममा मेयर बालेनले केही दिनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत औपचारिक आह्वान गर्ने तयारीसमेत भइरहेको जानकारी दिएका छन् । पाठकका अनुसार मेयर बालेनको मनस्थितिले झापा–५ बाटै चुनाव लड्ने सम्भावना बलियो देखिएको छ, यद्यपि अन्तिम निर्णय पार्टीभित्र छलफलपछि हुने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *