– हरिप्रसाद पोखरेल/ शिक्षक श्री आदर्श मावि, जयपुर
पृष्ठभूमि :
कोभिड–१९ को महामारीले देश लामो समयदेखि आक्रान्त बनेको छ । कोरोनाको दोस्रो लहरको कारण हामीले आफ्ना थुप्रै आफन्तहरु गुमाएका छौं । लाखौंको संख्यामा संक्रमित भयौं । अझै पनि संक्रमणको जोखिममा नै छौं । समाचारहरुमा र हाम्रै छिमेकमा पनि कोरानामुक्त भइसके पनि मानिसले ज्यान गुमाइरहेको अवस्था हेर्दा अझ दुःख लाग्छ । यसै सन्दर्भमा कोरानामुक्त भइसके पछि मानिसमा देखिन सक्ने संक्रमणहरुको बारेमा खोजी गर्न मन लाग्यो । इन्टरनेट मार्फत थुप्रै साइटहरुभित्र छिरेर हेर्दा र यूटुबमा विशेष गरी भारतीय विज्ञ डाक्टरहरुको प्रस्तुतिहरु हेर्दा अन्य संक्रमणको तुलनामा Black Fungus वा म्युकोरमायकोसिसको संक्रमण घातक एवम् हाम्रो समाजमा पनि फैलन सक्ने सम्भावना देखेर सचेतनाको लागि यो खोजमुलक लेख यहाँहरु बीच राख्न लागेको छु । हुन त म Paramedical Student हैन तर पनि Biology को student भएको नाताले यो लेख प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१) म्युकोरमायकोसिस के हो ?
– यो ढुसी (Fungi)बाट हुने एक प्रकारको घातक संक्रमण हो । Rizopus SP, Muxor SP, वा Rhizomucor SP जस्ता ढुसी (Fungi) को कारण यो संक्रमण हुन्छ ।
– यो सामान्य लक्षणहरुबाट सुरु भई क्रमिक रुपमा जटीलतातर्फ बढ्दै जाने संक्रमण हो । यसले नाक, मुख, अनुहार, आँखा हुँदै मस्तिष्कलाई प्रभाव पार्छ ।
– यस प्रकारको संक्रमण गराउने ढुसीहरु सडेगलेका वस्तुमा हुन्छन् । यिनीहरु माटो र हावा हुँदै हाम्रो नाक मार्फत शरीर प्रवेश गर्छन् । शरीर प्रवेश पछि कालो कालो धब्बाहरु देखिने भएकोले यसलाई द्यबिअप Black Fungus भनिन्छ ।
– शरीरको प्रतिरक्षा प्रणाली बलियो भएमा यसको प्रभाव देखिदैन तर प्रतिरक्षा प्रणाली कमजोर भएको अवस्थामा यसको प्रभाव देखिन सुरु हुन्छ । तसर्थ कोरोनाको संक्रमण मुक्त भए पछिको अवस्थामा, क्यान्सर रोगीहरुमा, ज्क्ष्ख् संक्रमितहरुमा, डाईबेटिजका विरामीहरुमा यस प्रकारको संक्रमणको जोखिम उच्च हुन्छ ।
२) किन लामो समयसम्म कोरोना संक्रमितहरुमा यस संक्रमणको जोखिम बढी हुन्छ ?
– अस्पताल भर्ना भएका कोरोनाका विरामीहरुलाई शरीरभित्र हुने Inflammation (सुजन), दुखाई (Pain), छट्पटी कम गर्न र प्रतिरक्षा प्रणाली मजबुत पार्न विभिन्न प्रकारका क्तभचयष्मक दिइन्छ । यो तुरुन्त प्रभाव पार्ने अचुक औषधि हो । विरामीको स्वास्थ्य स्थिति बिग्रन नदिन र स्थितिमा सुधार ल्याउन यसको प्रयोग अत्याधिक गर्नु पर्ने हुन्छ । यो नै म्युकोरमायकोसिसको प्रमुख कारण हो ।
– अस्पतालमा लामो समयसम्म कृतिम श्वास प्रश्वास वा अक्सिजनको मद्दतले श्वास प्रश्वास गर्न वाध्य विरामीहरु संक्रमणमुक्त भए पछि यस संक्रमणको उच्च जोखिममा रहन्छन् ।
– लामो समयसम्म भेन्टीलेटरमा राखेर उपचार गरिएका विरामीहरुमा संक्रमणमुक्त भएपछि यो संक्रमण देखिन सक्छ ।
– डायबेटिजका दीर्घरोगीहरु जो कोरोना संक्रमणमुक्त हुन्छन् । उनीहरुमा यस प्रकारको संक्रमणको जोखिम उच्च रहन्छ । तथ्याङ्कले ९५% म्युकोरमायकोसिसको संक्रमण यस्ता दीर्घरोगहरुमा पाइएको देखाउँछ ।
३) म्युकोरमायकोसिस कति घातक हुन्छ ?
– यसको संक्रमण दर अति न्यून ३÷१०,००० रहेको छ । (प्रति दशहजारमा तीन जना मात्र रहेको छ)
– यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।
– यस संक्रमणबाट हुने मुत्युदर भने उच्च (५४%) रहेको छ । (प्रति सयमा ५४ जनाको मृत्यु हुन्छ)
– यस संक्रमणको लक्षणहरु देखिना साथ विशेषज्ञको सल्लाह लिई सुविधा सम्पन्न अस्पतालमा भर्ना भइहाल्नु पर्छ । यो तिब्र दरमा फैलने संक्रमण भएकाले एक दिन मात्र ढिलो भए तपाईंको ज्यान जोखिममा पर्ने उच्च सम्भावना हुन्छ ।
४) म्युकोरमायकोसिस हुँदा कस्ता कस्ता लक्षणहरु देखिन्छन् ?
– टाउकोको एकापट्टिको भाग निरन्तर दुखीरहन्छ ।
– यो दुखाई क्रमशः त्यही पट्टिको अनुहारमा सरेर जान्छ ।
-अनुहारको एकापट्टिको भाग लाटो हुन थाल्छ । (चेतना हराउन थाल्छ ।) छुँदा पनि थाहा नपाउने हुन्छ ।
– दाँत दुख्न सुरु हुन्छ । अत्याधिक पिंडा हुन्छ । दाँत झरेको जस्तो लाग्छ ।
– नाकमा केही कुरा पसेको जस्तो लाग्छ । नाक वा मुख भित्र कालो कालो धब्बाहरु देखिन्छ ।
– सास फेर्न गाह्रो हुन थाल्छ ।
– नाकबाट रगत बग्न सुरु गर्छ । रगतसँगै कालो पदार्थ मिसिएको देखिन्छ ।
– अनुहारको दुखेको पट्टिको भाग क्रमशः सुन्निन थाल्छ ।
– त्यहीपट्टिको आँखा सुन्निन्छ, आँखाको लोती लत्रन्छ (परेली, दृष्टि धमिलो हुन्छ, बहुआकृति (दुई वा बढी) देखिन्छ ।
– आँखाको चाल असामान्य हुन्छ, आँखा खोल्न वा बन्द गर्न अप्ठ्यारो हुन्छ । आँखा नदेख्ने हुन सक्छ ।
– अन्त्यमा स्नायु सम्बन्धि समस्याहरु जस्तै बिर्सने, द्विविधा हुने, चेतना हराउने आदि जस्ता लक्षणहरु देखिन्छ र संक्रमणले जटील रुप धारण गर्छ ।
५) म्युकोरमायकोसिसको उपचार कहाँ र कसरी गरिन्छ ?
– माथिका लक्षणहरु देखिना साथ तुरुन्त नाक कान घाँटी विशेषज्ञ वा आँखा रोग विशेषज्ञको सल्लाह लिनु पर्छ । साना क्लिनिकहरु, मेडिकल स्टोर, सामान्य अस्पतालमा भरपरेमा ज्यान जोखिम हुने प्रवल सम्भावना रहन्छ ।
– विशेषज्ञको परामर्श बमोजिम यो संक्रमणको उपचार गरिने ठूलो अस्पतालमा भर्ना हुनु आवश्यक हुन्छ । उक्त अस्पतालमा यस संक्रमणको उपचारको निम्ति एउटा उपचार टोली नै रहेको हुन्छ । एकजना चिकित्सकले मात्र यो संक्रमणको उपचार गर्न सक्दैनन् ।
– डाक्टरहरुको उक्त टोलीमा एकजना नाक, कान, घाँटी विशेषज्ञ, एकजना आँखा रोग विशेषज्ञ, एकजना न्यूरोसर्जन, एकजना माइक्रोवायोलोजिष्ट, एकजना प्याथोलोजिस्ट र एकजना यस सम्बन्धी अनुसन्धान गर्ने विज्ञहरु रहेका हुन्छन् । उक्त टोलीको प्रत्यक्ष निगरानीमा यसबाट संक्रमितको उपचार सुरु हुन्छ ।
उपचार गर्नु पूर्व निम्न प्रकारका टेष्ट गर्नु आवश्यक हुन्छ ।
Nasal Endoscopy : नाकभित्रको प्रभावित भागको अवलोकन
Biopsy : प्रभावित भागको मासु लिएर गरिने अवलोकन,
– सामान्तया यी दुईवटा पछि आधाघण्टा भित्र अवस्थाको जानकारी पाउन सकिन्छ र आवश्यक उपचार सुरु हुन्छ ।
-कहिले काँही संक्रमणले जटीलरुप लिएको अवस्थामा भने प्रभावित भागहरुको समेत गरी निर्णय लिनु पर्ने हुन्छ ।
– उपचार कसरी हुन्छ ?
-संक्रमितको रगतमा सुगरको मात्रा अनियन्त्रित छ भने त्यसलाई नियन्त्रण गर्नु आवश्यक हुन्छ ।
– steroid सेवन गरिरहेको भए त्यसलाई तुरुन्त बन्द गर्नु पर्छ ।
– यस संक्रमणको सबैभन्दा प्रभावकारी औषधिAmphotericin-B Injection हो । यसलाई आवश्यकता परेमा मात्र प्रयोग गरिन्छ । यसका अतिरिक्त अन्यFungal Drugs को प्रयोग गरिन्छ ।
– कहिले काँही Fungi को कारण अङ्गका Tissue हरु धेरै क्षति भएको अवस्थामा औषधिको प्रभावकारिता कम रहन्छ । यस्तो अवस्थामा विग्रेका Tissue हरु अप्रेसन गरी फाल्नु पर्ने समेत हुन्छ ।
– अस्पतालबाट Discharge पछि पनि लामो समयसम्म (३–६ महिनासम्म) सामान्यतया वा डाक्टरको सिफारिस बमोजिमको औषधि सेवा गर्नु पर्छ ।
स्मरण रहोस् जुन सुकैFungal Infection का उपचारको लागि लामो समयसम्म नियमित औषधि सेवन गर्नु जरुरी हुन्छ ।
६) विकसित मुलुकको तुलनामा विकासशील देश (दक्षिण एसिया) मा म्युकोरमायकोसिसको संक्रमण दर उच्च हुनुका कारण के के छन् ?
– विकसित मुलुकको तुलनामा यस क्षेत्रमा डाइबेटिजको समस्या बढी छ । र डाइबेटिजका दीर्घरोगीमा यसको संक्रमण दर उच्च रहन्छ ।
– यस क्षेत्रमा Steroid औषधिको प्रयोग व्यापक छ । साथै खुल्ला बजारमा समेत यसका प्रकारहरु प्रशस्त पाइन्छ । यसको अत्याधिक प्रयोगले यस किसिमको संक्रमणको जोखिम उच्च बनाएको छ ।
– कोरोना संक्रमितहरुमा यसको व्यापक प्रयोग भएका कारण कोराना मुक्त भए पनि यसको संक्रमण हुने सम्भावना उच्च रहेको छ ।
७) यसबाट बच्न हामीले के के कुरामा ध्यान पु¥याउनु पर्छ ?
– यो संक्रमण प्रतिरक्षा प्रणाली कम हुनेहरुमा बढी देखिने भएकाले दीर्घरोगीहरुले सन्तुलित आहार, विहार गर्नु जरुरी छ र चिकित्सकले दिएको परामर्शलाई अक्षरश पालन गर्नु जरुरी छ ।
– विशेष गरी डाइबेटिजको दीर्घ समस्या भएकाहरुमा यसको संक्रमण दर सबैभन्दा बढी हुने भएकाले यस्ता विरामीले आफ्नो खानपान, नियमित व्यायाम, नियमित इन्सुलिन सेवन आदिमा ध्यान दिइ रगतमा चिनीको मात्रा नियन्त्रित राख्नु पर्छ । रगतमा चिनीको मात्राको अनियमितताले संक्रमणलाई बढ्वा दिन्छ । विज्ञहरुका अनुसार चिनीको मात्रा तपसिल बमोजिम नियन्त्रणमा राख्नु आवश्यक छ ।
Random – 160 mg/dl
Fasting – 120 mg/dl
– कोरोनाको संक्रमण भएर रिपोर्ट Negative भए पछि प्रतिरक्षा प्रणाली कमजोर हुने र यसको कारण यस्तो संक्रमण हुन सक्ने भएकाले पौष्टिक तत्व युक्त खानेकुरा, नियमित व्यायाम, फलपूmल र सागपातको सेवन, सकारात्मक सोच जस्ता कुरामा विशेष ध्यान दिनु जरुरी छ ।
– यो संक्रमण माटोबाट हावा हुँदै नाक भित्र Fungiको प्रवेशबाट हुने भएकाले बाहिर हिड्डुल गर्दा अनिवार्य माक्सको प्रयोग गर्नु जरुरी छ ।
कोरोना संक्रमित भएका तर लक्षण नदेखिएका एवम् संक्रमण नै नदेखिएकाहरुमा समेत यो संक्रमण हुन सक्ने भएकाले सचेत रहनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
(आलेख प्रस्तुतकर्ता नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाका निवर्तमान सभापति एवम् भागिरथा बुद्धशान्ति अस्पताल सञ्चालन समितिका सदस्य समेत हुनुहुन्छ ।)