यस वर्ष सर्वाधिक हेरिएको तीज गीतमा ‘म त नराउरी’, १३ दिनमै ७३ लाख भ्युज पार

काठमाडौं । यस वर्षको सार्वधिक हेरिने तीज गीतमा विष्णु माझीको स्वर रहेको ‘म त नराउरी’ बनेको छ । १३ दिनअघि सार्वजनिक यस गीतले सोमबारसम्म युट्युवमा ७३ लाख भ्युज पाएको छ । विष्णुको यस गीतले अरू वर्षजस्तो खासै चर्चा नपाए पनि छोटो समयमा लोभलाग्दो भ्युज पाएको हो ।

विष्णु माझीको स्वरमा रहेको मिठास, सरलता र मौलिकताले उहाँलाई लाखौं श्रोता दर्शकको मनमा विशेष स्थान दिलाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

केही दिनअघि एलिना चौहानको तीज गीत ‘छोरीको शिर आमा’ भ्युजको आधारमा अगाडि थियो । तर, तीजको संघारमा विष्णुकै गीतले सर्वाधिक हेरिएको छ । एक महिनाअघि सार्वजनिक ‘छोरीको शिर आमा’लाई युट्युवमा ६१ लाख पटक हेरिएको छ । विष्णुको गीत १२ लाख बढी भ्युजले अगाडी छ ।

‘पुतलीको भट्टी’ भाग २१ रहेको गीतमा विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द रचना तथा संगीत छ । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई गीतमा एकसाथ नचाइएको छ । यो गीतमा शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रवीण भट्टले सम्पादन गर्नुभएको छ । सार्वजनिक गीतमा मोडल ललिता पौडेलको अभिनय एवं नृत्य छ ।

विष्णु माझीको स्वरमा रहेको मिठास, सरलता र मौलिकताले उहाँलाई लाखौं श्रोता दर्शकको मनमा विशेषस्थान दिलाएको छ । श्रोता/दर्शकको भनाइमा विष्णु माझी केवल एक गायिका मात्र नभई नेपाली तीज गीत परम्परालाई निरन्तरता दिने धरोहर पनि हुनुहुन्छ भन्ने ‘म त नराउरी’ले प्रमाणित गरेको छ । ‘स्वर’कै कारणमा सधैं चर्चामा रहने विष्णु माझी ‘गुमनाम जीवन’ बाँचिरहनुभएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *