यसकारण बुधबार भगवान श्री कृष्णको पूजा गरिन्छ…

काठमाडौं । हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

जुन दिन जुन भगवानको विशेष दिन हो सोही भगवानको पूजा तथा आरधाना गरेमा सही फल मिल्नेछ । हिन्दु धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो।

EPIC EPIC EPIC EPIC EPIC

यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार) को पुजा गरिन्छ।

पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। भनिन्छ नी सोम खेती बुध घर । आजको दिन घर बसाल्दा अति नै उत्तम हुनेछ ।

कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ।

बुधबारका दिन के गर्ने ?

  • बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
  • जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
  • हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
  • बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

कृष्ण प्रार्थना

ईश्वरको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुती गाइन्छ । व्यक्तिगतरूपमा अथवा सामुहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।

खासगरि भजन एवं मन्त्रहरु वाचन गर्दा मिठासकोनिम्ति तोकिएका शब्द संख्यालाई छन्द तथा लय मिलाएर गाइन्छ । जस्तै गायत्री मन्त्रको आठ अक्षरका तीन चरणले बनेका चैबीस अक्षरको भजनलाई लिन सकिन्छ ।

ॐ भूर्भुवस्वः, तत्सुवितुर्वरेन्यम् , भर्गो देवस्व धीमही, धियो यो न प्रचोदयात् ,
त्यस्तै प्रकारले १६ अक्षरको राम कृष्ण भजन, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे, को लयमा पनि मिठास पाइन्छ ।
‘हे गोविन्द, हे दामोदर, हे माधव’
श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव, गोविन्द, गोविन्द हरे मुरारी, गोविन्द, गोविन्द मुकुन्द कृष्ण, गोविन्द दामोदर माधव।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *