युएईले नेपाली नागरिकका लागि रोजगार भिसा पनि रोक्यो

संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि भिजिट भिसा अस्थायी रूपमा रोकिएको समाचार सार्वजनिक भएको एक दिन नबित्दै अब रोजगार (इम्प्लोयमेन्ट) भिसा समेत रोकिएको पुष्टि भएको छ।

दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ प्रक्रिया अघि बढाउन नसकेको र पहिले नै टाइप भएका भिसा समेत अस्वीकार हुन थालेको बताएका छन्। एक स्थानीय सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि हालेको भिसा रिजेक्ट भएको जनाएको छ। त्यस्तै, एक वेयरहाउस कम्पनीका पीआरओले आफ्ना २५ जना नेपाली श्रमिकका लागि आवेदन हाले पनि सबै अस्वीकृत भएको बताए। सोही क्रममा, एक क्लिनिङ कम्पनीले १२ जना कामदारको भिसा अस्वीकृत भएको उल्लेख गर्दै युएईको इमिग्रेसनले नेपालबाट हालिनेदेखि नयाँ भिसा रोकिएको जानकारी दिएको बताएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यसअघि सोमबारदेखि युएईस्थित भिसा सेवा प्रदायक कम्पनीहरूले नेपालीहरूको भिजिट भिसा आवेदन लिन बन्द गरेका थिए। नेपालमा भदौ २४ गतेको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेहरूबारे अनुसन्धान सुरु भएको र कैदी फरार भएको घटनापछि युएईले यस्तो कदम चालेको बताइन्छ।

युएईस्थित नेपाली दूतावासका राजदूत तेजबहादुर क्षेत्रीले भिसा रोकिएकोबारे दूतावासमा आधिकारिक जानकारी नआएको स्पष्ट पारे। “नेपालीहरूले भिसा अस्वीकृत भएको जानकारी दिएका छन्, तर औपचारिक रूपमा दूतावासमा जानकारी आउन बाँकी छ,” राजदूत क्षेत्रीले भने।

विशेषज्ञहरूका अनुसार सुरक्षासम्बन्धी चिन्ताका कारण युएईले यस्तो निर्णय लिएको हुन सक्छ। पछिल्ला वर्षहरूमा युएईमा रहेका केही नेपालीहरू मदिरा दुरुपयोग, लागुऔषध कारोबार र झगडाझैपझगडामा संलग्न हुने घटनाहरू बढ्दै गएकोले यसले भिसा नीतिमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ।

दूतावासका तथ्यांकअनुसार हालसम्म करिब तीन लाख नेपालीले भिजिट भिसाबाट रोजगार भिसामा रूपान्तरण गरेका छन् भने हाल युएईमा झण्डै आठ लाख नेपाली कार्यरत छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *