काठमाडौं । नेकपा एमालेले पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपाललाई तीन जिम्मेवारी दिएको छ। पार्टी नेतृत्वको निर्देशनमा युवा संघलाई तीन जिम्मेवारी तोकिएको पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए।
उनका अनुसार एमालेले युवा संघलाई जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउने, एनजिओ आइएनजीओमार्फत देशलाई बर्बाद पार्न विदेशीसँग आर्थिक लाभ लिने सबैको नाम र विवरण सङ्कलन गर्ने जिम्मेवारी दिएको छ।
यस्तै, २४ गते सरकारी सम्पत्ति व्यक्तिगत सम्पत्ति र प्रहरी चौकी आगजनी गर्ने नष्ट गर्ने र तोडफोड गर्ने सबैको तथ्य–प्रमाण जुटाएर कारबाही अघि बढाउने र देशभरका प्रत्येक टोलमा डिजिटल फोर्सरटोल सुरक्षा समूह गठन गर्न निर्देशन दिएको पनि बताए।