युवा सरोकार सञ्जालको तालिम सम्पन्न

कचनकवल । युवा सरोकार सञ्जाल कचनकवलले आयोजना गरेको चैत २७ गतेदेखी २९ गतेसम्म कचनकवल- २, सुकुनाडीगी सामुदायिक भवनमा उद्धोषण, नेतृत्व विकास तालिम तथा महामारीजन्य रोग सम्बन्धि जनसचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश नं- १ विराटनगरका भूमिव्यवस्था, सहकारी तथा गरिबीनिबारण मन्त्री ओ‌म प्रकाश सरावगीको आर्थिक सहयोग ,युवा सरोकार संजाल कचनकवलका अध्यक्ष नारायण नेपालको सभापतीत्व तथा संयोजनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका झापा जिल्ला सहसचिव कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेसका झापा जिल्ला सदस्य गिता खरेल ज्युको बिशिस्ट आतिथ्यतामा पहिलो दिनको उद्घाटन कार्यक्रम भएकोमा उक्त तालिमको प्रशिक्षण योगेन्द्र पौडेलले गर्नुभएको थियो।

EPIC EPIC EPIC

युवाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तामिलमा कचनकवलका विभिन्न वडाका ६0 जना सक्रिय जनशक्तिको सहभागीता रहेको आयोजक समितिका अध्यक्ष नारयण नेपालले जानकारी दिनुभयो।

सो अवसरमा सहभागि ब्यक्तिहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए । त्यस्तै २९ गते भएको समापना प्रमुख अतिथी नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ का कार्यवहाक सभापती गिता भट्टराई ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च