काठमाडौँ । मलेसियामा जारी यू-१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ ।
प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपाल र सिंगापुरबीचको फाइनल खेल बिहान पौने ८ बजेदेखि सुरु हुनेछ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको थियो।
यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । आज नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।
यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो ।