रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले अनुसन्धान गर्दै

काठमाण्डौ। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भनिएको एउटा तस्वीर गएरातिदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछाने जस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा यो तस्वीर राख्दै रास्वपाका नेता दीपक बोहराले कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुने समेत उल्लेख गर्नुभएको छ ।

EPIC EPIC EPIC

रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् । 

फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न पक्ष–विपक्षमा भइरहेको छ । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न उठाएका छन् । 

रास्वपा समर्थक डा.निकोलस भुसालले तस्बिर आफूले खिचेको दाबी गर्नुभएको छ । लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका भुसालले दुई दिनअघि  फेसबुकमा यो तस्वीर राखेर हटाएको भन्दै फेसबुकमा चर्चा भइरहेको छ । ‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भयो, माफी चाहान्छु’ भुसालले फेसबुकमा लेख्नुभएको छ । 

प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘हिरासतभित्रको तस्वीर कसैले पनि सार्वजनिक गर्न मिल्दैन, हामी यसबारे अनुसन्धान गरिरहेका छौँ’ नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले उज्यालोसँग भन्नुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *