रविको समर्थनमा २० दिनमै १५ लाख हस्ताक्षर


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा २० दिनमै १५ लाखभन्दा बढी नागरिकको हस्ताक्षर संकलन गरिएको जनाएको छ

रास्वपाले जेठ ६ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियानमार्फत २० दिनको अवधिमा देशभरका नागरिकसहित विदेशमा रहेका नेपालीबाटसमेत १५ लाख हस्ताक्षर प्राप्त भइसकेको जानकारी दिएको हो। साथै, अभियानमा सहभागीहरूले अनलाइनमार्फत हस्ताक्षर गरिरहेका छन् भने भौतिक रुपमा पनि अभियान जारी छ।

EPIC EPIC EPIC EPIC EPIC

रास्वपाका प्रवक्ता मनिष झाले जिल्लाबाट अझै हस्ताक्षर सङ्कलन भइरहेको र विदेशमा पनि अभियान सशक्त रूपमा चलिरहेको बताएका छन्। विदेशमा रहेका समर्थकहरूले अनलाइन फारम डाउनलोड गरी हस्ताक्षर गरेर म्यासेन्जर, ह्वाट्सएपजस्ता माध्यमबाट पठाइरहेका छन्।

पार्टीले हस्ताक्षर अभियानसँगै आर्थिक सहयोग संकलनसमेत गरेको छ। २० दिनको अवधिमा ३७ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भइसकेको जानकारी दिँदै प्रवक्ता झाले उक्त रकम पार्टी अध्यक्ष लामिछानेद्वारा जारी अपील पत्र छपाइमा खर्च गरिएको बताए।

रास्वपाले लामिछानेमाथि सरकारको राजनीतिक प्रतिशोध रहेको आरोप लगाउँदै नागरिकको अभिमतका रूपमा हस्ताक्षर संकलन गरिरहेको छ। पार्टीका अनुसार यो अभियानले सत्य पक्षमा जनताको ऐक्यबद्धता देखाउने उद्देश्य राखेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *