रसुवा बाढीपीडितको उद्धारमा खटिएका सशस्त्रका सहायक हवल्दार भीरबाट खसे, सेनाद्वारा उद्धार

काठमाडौं । रसुवा बाढीपीडितका घाइतेको उद्धारमा खटिएका सशस्त्रका सहायक हवल्दार आफैं घाइते भएपछि नेपाली सेनाले उद्धार गरेको छ ।

बुधबार विहान १०:१५ बजे गोसाइकुण्ड- ३, लिङलिङमा उद्धारको सशस्त्रको नं२० गुल्म रसुवाबाट असईको कमाण्डमा खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भिरबाट १० मिटर तल खोचमा खसेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

उनको टाउको र घुँडामा चोट लागेको थियो । उनलाई दिउँसो ३:५० को समयमा नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

उपचारका लागि काठमाडौं ल्याइएका उनको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *