रहिनन् बलिउडकी प्रसिद्ध गायिका तथा अभिनेत्री सुलक्षणा पण्डित

मुम्बई– बलिउडबाट फेरि एक दुःखद खबर आएको छ । प्रसिद्ध गायिका तथा दिग्गज अभिनेत्री सुलक्षणा पण्डित अब यो संसारमा रहिनन् । ७१ वर्षको उमेरमा उनले बिहीवार मध्यराति मुम्बईको नानावटी अस्पतालमा अन्तिम सास लिइन् । यससँगै हिन्दी फिल्म तथा संगीत जगतले एउटा चम्किलो नक्षत्र गुमाएको छ ।

संगीत र अभिनयको सुगन्ध बोकेकी सुलक्षणा

EPIC EPIC EPIC

फिल्मी संसारमा आफ्नो मखमली आवाज तथा अभिनयले दर्शकको मन जितेकी सुलक्षणनाको निधनले सम्पूर्ण फिल्म क्षेत्र शोकमा डूबेको छ । निधनको ठ्याक्कै कारण सार्वजनिक गरिएको छैन, तर उनी लामो समयदेखि बिरामी रहेको बताइन्छ । उनका दाजु तथा संगीत निर्देशक ललित पण्डितले यो दुःखद खबर पुष्टि गरेका छन् । रिपोर्टअनुसार, सुलक्षणा पण्डित केही वर्षदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन् । उनले केवल ९ वर्षको उमेरमा संगीतको यात्रा प्रारम्भ गरेकी थिइन् । सन् १९६७ मा प्लेब्याक गायनको सुरुवात गर्दै सन् १९७५ मा फिल्म ‘संकल्प’ मा गाएको गीत ‘तू ही सागर है तू ही किनारा’ बाट चर्चामा आएकी थिइन् ।

प्रसिद्ध पण्डित परिवारकी सदस्य

सुलक्षणा पण्डितको जन्म सन् १९५४ मा भएको थियो । उनी प्रसिद्ध संगीत परिवारकी सदस्य थिइन् । उनका काका महान शास्त्रीय गायक पण्डित जसराज थिए । उनका भाइ–बहिनीहरूमध्ये जतिन–ललित जोडी भारतीय संगीत उद्योगकी चर्चित जोडी हुन्, जबकि बहिनी विजयता पण्डित पनि बलिउडकी चर्चित अभिनेत्री हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *