Search
Close this search box.
Search
Close this search box.

रहेनन् लोकप्रिय जननेता, सेतो बाघ पूर्वमन्त्री केशवकुमार बुढाथोकी

लोकप्रिय जननेता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको बिराटनगरस्थीत बिराट मेडिकल कलेजमा उपचारकै क्रममा ८० बर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराइरहनु भएको थियो । सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री हुनु भएको थियो । नेता बुडाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत साहयाक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भईसक्नुभएको नेता बुडाथोकी जनतामाझ लोकप्रिय नेता रहनुभएको थियो । उहाँ जनतामाझ चर्चित र लोकप्रिय रहनुभएको थियो ।
दुई छोरा एक छोरी रहनुभएका बुडाथोकीको पार्थिक शरिरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगाईले कनकाई अनलाईनलाई जानकारी दिनुभयो । सम्भवत परिवारसग सल्लाह गरेर आजै कनकाई माई नदिमा अन्तिम सस्कार गरिने समेत हुमगाईले जानकारी दिनुभयो । हाल उहाँको शवलाई झापा निवासमा ल्याइदै गरेको समेत बताइएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *