रानी भन्सारमा सुरक्षामा कमजोरीपछि मोरङका डिएसपी राउत तानिए

काठमाडौं । मोरङको रानी भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले जिम्मेवारी र भूमिकामा कमजोरी गरेपछि गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ऋषिकेश राउतलाई कारवाहीका लागि फिर्ता गरिएको छ ।
गृहमन्त्रीले रानी भन्सारलाई संकेत गरेर सुरक्षा बैठकमा अभिव्यक्ति दिएपछि राउत कारवाहीका लागि तानिएका हुन् । उनको स्थानमा अर्का डिएसपी अमरबहादुर खत्रीलाई पठाइएको छ । रानी भन्सार आसपासको सीमा नाकाबाट अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्र कमजोर बनिरहेको उजुरी सशस्त्र मुख्यालयमा पुगेपछि उनलाई फिर्ता बोलाइएको थियो । डिएसपी राउतले कमजोरी गरेको र त्यहाँबाट खुलमखुला तस्करी बढिरहेको समाचार दृष्टि साप्ताहिक र दृष्टि अनलाइनले पटक–पटक प्रकाशित गर्दै आएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च