राप्रपाले कचनकवलमा मनायो ३०२औँ पृथ्वी जयन्ती

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस झापामा पनि मनाइएको छ । सोही अवसरमा कचनकवलस्थित पाठामारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा र कचनकवल गाउँ समितिको आयोजनामा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइएको हो ।

बिहान ८ बजे समितिले पाठामारी नयाँहाटमा सरसफाई गरेको थियो भने दिउँसो १२ बजे पाठामारी नयाँहाटमा कार्यक्रम गर्दै साँझ ६ बजे बनियानी चोकमा दीप प्रज्ज्वलन गरेको थियो । कार्यक्रमको अध्यक्षता रबीचन्द्र ओझाले गरेका थिए भने प्रमुख अतिथि सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक रहेका थिए ।

EPIC EPIC EPIC

कार्यक्रममा संविधान सभा सदस्य भक्त खपांगी , प्रदेश सांसद निमसरी राजवंशी , हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, राप्रपा झापाका कार्यवाहक अध्यक्ष सिता लम्साल,अन्जरा आलम, मानप्रसाद लिङ्देन,शारदा रिजाल, सूर्यनारायण गणेश, लक्ष्मी ढकाललगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममाथि भरत खपांगीले प्रकाश पारेका थिए भने कार्यक्रममा मुना आलमले कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन राप्रपा जिल्ला सचिव कुमार थापाले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च