काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् ।
प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् ।
शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट सिंह घाइते भएका हुन् ।
सिंह वीरबाट ट्रमामा जान खोजेका थिए । तर प्रहरीले उनलाई पनि लाठीचार्ज गरेको र टाउकोमा चोट लागेको चिकित्सकहरुले बताएका छन् ।
घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने माग राखी ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरूले प्रहरीको विरोधमा प्रर्दशन गरेका छन् ।