राष्ट्रिय जनगणना २०७८ : झापामा १,४५२ जना गणक परिचालन

भद्रपुर । मेरो गणना मेरो सहभागिता नारा लिएको राष्ट्रिय जनगणना २०७८ अन्तरगत झापामा एक हजार ४५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्ला जनगणना समन्वय समिति झापाले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार झापा जिल्लामा स्थलगत रूपमा २६५ जना सुपरिवेक्षक तथा एक हजार १८७ जना गणक मार्फत तथ्यगत विवरण संकलन गर्ने गरी जनगणनाको तयारी पूरा गरिएको हो ।

EPIC EPIC EPIC

जिल्ला जनगणना कार्यालयको प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५०० घर परिवार संख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्नेछन् ।

जिल्ला जनगणना समन्वय समितिका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार यस पटकको जनगणना अक्सर बसोबासका आधारमा हुने हुँदा जो जहाँ बसोबास गर्छ त्यसको गणना त्यहीँ हुने प्रावधान छ । प्रजिअ तिमिल्सिनाले स्थलगत रूपमा गणनाका लागि आउने कर्मचारीलाई सहयोग गरिदिन सवै सरोकारवालासँग आग्रहसमेत गरेका छन् ।

कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी दुईवटा जनगणना कार्यालय राखिएको छ । पूर्वको गणना कार्यालय भद्रपुर र पश्चिमको गणना कार्यालय दमकमा रहेका छन् ।

जनगणना कार्यालय भद्रपुरका प्रमुख चूडामणि लुँइटेलका अनुसार जनगणनाको १२औं शृंखला अन्तरगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिनेछ । जसमा ३७ वटा विवरण व्यक्तिगत विवरणका लागि तयार भएका प्रश्नावली छन् । यी प्रश्नावलीले कृषि, रोजगार, आर्थिक अवस्था, स्थायी बसोवास, अस्थायी बसोबास लगायत राज्यका आय, व्यय तथा नीतिगत योजनाका लागि तथ्यगत विवरण निर्माण हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जनगणना कार्यालय दमकका प्रमुख प्रेमकुमार घिमिरेले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *