रास्वपा कचनकवलको सभापतिमा गोपाल लामिछाने, सचीवमा वर्षा खतिवडा सर्वसम्मत

कचनकवल । राष्ट्रिय स्वतन्त्र पार्टी कचनकवल गाउँपालिकाको पहिलो ऐतिहासिक अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

अधिवेशनले गोपाल लामिछानेलाई सर्वसम्मत रूपमा पालिका सभापतिमा चयन गरेको छ। उपाध्यक्षमा भोलाशंकर राजवंशी, सचिवमा वर्षा खतिवडा, तथा सदस्यहरूमा हरिप्रसाद सिटौला, यामबहादुर थापा, चन्द्रशंकर अधिकारी, पुजा भण्डारी कोइराला र उमेश राजवंशी चयन भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

त्यसैगरी, जिल्ला अधिवेशनका लागि राजमणि दाहाल, कुमारी अधिकारी, राजन घिमिरे र अनिरुद्र तिम्सिना प्रतिनिधि चयन भएका छन्। प्रदेश अधिवेशनका लागि तिलकसिंह राजवंशी र महाधिवेशन प्रतिनिधिका रूपमा निरज दाहाल चयन भएका छन्।

पूर्ण नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो। अधिवेशनले कचनकवलमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक संरचना सुदृढ बनाउँदै आगामी राजनीतिक अभियानहरूलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको उद्घाटन कचनकवल वडा नं. १ का सभापति मानबहादुर लिम्बूको स्वागत मन्तव्यबाट सुरु भएको थियो। अधिवेशनको अध्यक्षता कार्यवाहक पालिका सभापति वर्षा खतिवडाले गरेकी थिइन्। प्रमुख आकर्षणका रूपमा पार्टीकी केन्द्रीय सदस्य तथा प्रभावशाली वक्ता ज्वाला संग्रौलाले विशेष सम्बोधन गरेकी थिइन्।

खुला सत्रको समापन कार्यवाहक सभापति वर्षा खतिवडाले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन नव–निर्वाचित अध्यक्ष गोपाल लामिछानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *