
भारतको महाकुम्भ मेलामा रुद्राक्ष माला बेच्दै भाइरल भएकी मोनालिसा अब नेपाल आउँदैछिन्। उनी रौतहटको मोलापुरमा आयोजना हुन लागेको मधानी महोत्सव मा विशेष अतिथिका रूपमा सहभागी हुनेछिन्।
यस सांस्कृतिक महोत्सवमा निर्देशक सनोज मिश्रा समेत उपस्थित हुनेछन्। मोनालिसाको आगमनले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ। महोत्सवमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्, जसले स्थानीय तथा बाह्य दर्शकहरूलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ।
उनको लोकप्रियता तथा प्रभावले महोत्सवलाई अझै चर्चित बनाउने र स्थानीय संस्कृति तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने आयोजकहरू आशावादी छन्।