भैरहवा । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको हो ।
५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरूको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।
उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरेर अस्पताल पुर्याउने काम भएको जानकारी दिए ।
रोहिणी पुलबाट यसअघि पनि पटक–पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
photo > silapatra