रोङ विद्यार्थी एकताले जोरकलशमा सचेतनामुलक बोर्ड राख्यो

रोङ। बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै रोङ विद्यार्थी एकता समितिले रोङ गाँउपालिका ४ स्थित जोरकलशमा ‘समुदाय प्रहरी साझेदारी’ नामक होडिङ् बोर्ड राखेको छ ।

दुर्घटना न्यूनीकरणका निम्ति रोङ विद्यार्थी एकता समितिले ट्राफिक प्रहरी पोस्ट जोरकलश, प्रहरी चौकी किटेनी र पर्यटन सूचना क्रेन्द्र जोरकलशको सहयोगमा शुक्रबार जोरकलशमा उक्त बोर्ड राखेको हो ।

EPIC EPIC EPIC

केहि महिना अघिबाट मेची राजमार्गमा चल्ने सवारीसाधनहरु रोङ गाँउपालिका क्षेत्रभित्र दुर्घटना हुने क्रम अत्याधिक बढ्न थालेकाले त्यसको न्यूनीकरणका निम्ति सडकको छेउमा बोर्ड राखिएको हो ।

मेची झापादेखि ताप्लेजुङसम्म चल्ने सवारीहरु विभिन्न कारणले दुर्घटना परिरहने हुँदा रोङ विद्यार्थी एकता समितिले आफ्नो क्षेत्रभित्र समय-समयमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।

बिगत लामो समयदेखि रोङ विद्यार्थी एकता समितिले स्थायी ठेगाना रोङ भई रोङ भित्र वा बाहिर रहेका विद्यार्थीहरुका निम्ति अभिभावकको रुपमा रहदै आएको छ । साथसाथै समाजमा विद्यमान समस्यालाई मध्यनजर गर्दै त्यसको समाधानका निम्ति विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *