कचनकवल। रोजगारीका लागी मलेसिया गएका झापाको कचनकवल गाउँपालिकाका एक युवकले १३ महिना नबित्दै मलेसियामा आत्महत्या गरेका छन् ।
कचनकवल ७ बालुबाडी घर भएका जेठलाल राजवंशीका २२ बर्षिया छोरा सहदेव राजवंशीले आत्महत्या गरेका हुन्। उनी ३ दाजुभाइ मध्येका जेठा छोरा हुन् ।
गत वर्षको भदौमा रोजगारीका सिलसिलामा मलेसिया गएका उनले आफूले काम गर्ने फ्याक्ट्रीमा आज बिहान झुन्डिएर आत्महत्या गरेको वडा नम्बर ७ का वडाध्यक्ष भारत राजवंशीले जानकारी दिए
उनको शव नेपाल ल्याउनका लागी प्रक्रिया भइरहेको अध्यक्ष राजवंशीले बताए