Search
Close this search box.
Search
Close this search box.

रोजगारीका लागि युएई गएका मोरङका लिम्बु खुट्टा भाँचिएर नेपाल फर्किए

दुई वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका मोरङ केराबारी गाउँपालिका–७ निवासी ३५ वर्षीय पदमबहादुर लिम्बु गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको सहयोगमा नेपाल फर्किएका छन् ।

यूएईमा दुई वर्षदेखि काम गर्दै आएका ३५ वर्षीय लिम्बु दुई महिनाअघि शौचालयमा चिप्लिएर लड्दा उनको दाहिने खुट्टाको हड्डी भाँच्चिएको थियो । आर्थिक अभावकै कारण उनको उपचारमा समस्या भएको थियो । साथीभाइको सरसहयोगबाट उपचार गराएका उनलाई अस्पतालबाट डिस्चार्ज भएपछि स्वदेश फर्काउन समेत आर्थिक समस्या भएको थियो । एनआरएनए यूएईका प्रवक्ता रुद्र थापाले आर्थिक संकलन गरी उनलाई नेपाल पठाइएको बताए ।

EPIC EPIC EPIC

एनआरएनए उपाध्यक्ष तथा राहत उद्धार समितिका संयोजक भीम मल्ल ठकुरीका अनुसार आर्थिक अवस्था निकै नाजुक रहेको र हालसम्म काम गरी कमाएको रकम पनि उपचारमै खर्च भएकाले उनले हवाई टिकट काटी नेपाल जानका लागि सहयोग गरिदिन एनआरएनमा निवेदन दिएका थिए । निवेदन आएपछि एनआरएनए यूएईका अध्यक्ष विकास शाही, उपाध्यक्ष तथा राहत उद्धार संयोजक ठकुरीले वास्तविक पीडित ठहर गरेर नेपालसम्म जानका लागि हवाई टिकट उपलब्ध गराएको प्रवक्ता थापाले बताए ।

पछिल्लो समय एनआरएनए यूएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएसँगै राहत तथा उद्धार समितिले आपतमा परेका नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने कार्यलाई तीव्रता दिएको छ । –राजधानी दैनिकबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *