काठमाडौं । साउदी क्लब अल नासार स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाउनुभएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलमा प्रतिबन्ध लगाएको हो ।
रातो कार्ड पाएपछि उहाँले खेलको रेफ्रीलाई मुक्का ताकेको र अल हिलालका खेलाडीलाई धक्का दिएपछि उहाँलाई दुई खेलमा प्रतिबन्ध लगाइएको हो । दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्वपूर्ण खेल गुमाउने हुनुभएको छ । यो सिजन अल नासार साउदी प्रो लिगमा पहिलो स्थानको अल हिलालभन्दा १२ अंकले पछि रहेको छ ।