पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार रौतहटमा परेको पानी अति भारी वर्षा हो र यहाँ अझै वर्षा भइरहको छ ।
महेशपुरमा पछिल्लाे २४ घण्टामा ३४८.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, बारा र पर्सामा पनि अति भारी वर्षा भएको महाशाखाले जनाएको छ।
अहिले पनि ति ठाउँहरूमा पानी परिरहेकाले ति ठाउँका बासिन्दाहरूले सतर्क रहनु पर्ने महाशाखाले जनाएको छ ।