लसुनका फाइदै फाईदा

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो। प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ। यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ।

लसुनका सामान्य लाभ
आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ। यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ। महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ। पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ। गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ।

EPIC EPIC EPIC

लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ। लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ। क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ।

उच्च रक्तचाप
उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ। यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ।

ग्यास्ट्रिक
पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ।
चिलाउने समस्या
– सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ।
– लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ।

बच्चाको रुघाखोकी

लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने। उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने। निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ। यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ।

जोर्नी दुखाई र सुन्निनेमा

एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने। पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने। यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ।

अपच
खानासँगै ३र४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च