झापा। झापाको दमक नगरपालिका-८ चक्रपथ चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान११ बजे दमक-८ मा कोठा भाडामा बस्दै आएका २९ बर्षीय किशन राजवंशीको डेरा कोठामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई पक्राउ गरेको हो ।
कोठामा लुकाईछिपाई राखेको अवस्थामा १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर सहित राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर जनाएको छ ।