४ ग्राम ब्राउन सूगर फेला पारेपछि पक्राउ गरिएको हो
झापा – झापाको मेचीनगर नगरपालिका ७ स्थित सीमा इलाकाबाट कात्तिक ३ गते सशस्त्र प्रहरीले ब्राउन सूगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको दमक नगरपालिका ३ भुटानी शरणार्थी क्याम्पमा बस्ने मनिष राई र बलराम लिम्बु रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोडर आउटपोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा ४ ग्राम ब्राउन सूगर फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई ब्राउन सूगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको एपीएफले जनाएको छ ।