लायन्स क्लब अफ कनकाई सुरुङ्गाको ५२ औं स्थापान दिवस


सुरुङ्गा। लायन्स क्लब अफ कनकाई सुरुङ्गा र लियो क्लब अफ कनकाई सुरुङ्गाले लायन्सको स्थापना दिवसको अवसरमा  कोटीहोम परिसरमा रहेका विपन्सान, साधुसन्त र केटाकेटीहरूलाई खानेकुरा बितरण गरेको छ ।

लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेल, लियो क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमण चौधरी लगायतको टोलीले कनकाई माई कोटीहोममा रहेका असहायलाई खानेकुरा बितरण गरेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

यसैबीच आजै लायन्स क्लब अफ कनकाईको आयोजनामा सुरुङ्गामा लायन्सकर्मी र पत्रकारबीच अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष एवम् लायन्सका डिस्ट्रिक्ट सेक्रेटरी लीला चिमरियाले लायन्स क्लबको स्थापना मुख्यतः ४ उद्देश्यले गरिने भन्दै लायन्सको मुख्य काम सेवा र त्यसपछि संगठन नेतृत्व विकास र फेलोसिप भएको जानकारी गराए ।

 चिमरियाले नेपालमा सन १९७१ सालमा विराटनगरबाट तत्कालीन अवस्थामा मात्रिकाप्रसाद कोइरालाबाट यसको स्थापना भएको भन्दै हाल विश्वका २०६ देशमा लायन्स क्लब रहेको र विश्वका १४ लाखभन्दा वढी लायन्सको सदस्य रहेको जानकारी दिनुभयो । यसैगरी लायन्सको बारेमा पूर्वअध्यक्ष गंगाराम दाहाल, निर्वतमान अध्यक्ष डिआर सुवेदी, नयाँ लायन्स सदस्य टिकादेवी खतिवडा, लायन्सका पूर्वअध्यक्ष गंगाराम दाहाल, मनोज बस्नेत, पत्रकार सीएम शर्मा लगायतले लायन्सले समाजमा गरेका सत्कर्मका कारण समाज र देशलाई पुगेको फाइदा र अबको लायन्सको बाटोको बारेमा बोलेका थिए । 

लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलले कार्यक्रमका बारेमा जानकारी गराउँनुभएको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ कनकाई सुरुङ्गाका सचिव पंकज खड्काले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *