लिङ्देनको नेतृत्वमा काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा आज बृहत् विरोध सभा तथा प्रदर्शन गरेको छ ।

गौहत्या अन्त्य गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै राप्रपासहित पार्टी निकट सङ्गठनले प्रदर्शन गरेको हो । देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौँको भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म र्‍याली निकालेको थियो ।

EPIC EPIC EPIC

भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्नेलगायतका विषयमा माग गर्दै प्रदर्शन गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गरे । सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खलल पार्ने कामको आफ्नो पार्टीले प्रतिवाद गर्ने अध्यक्ष लिङ्देनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *