काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालको शनिवार हुन लागेको निर्वाचनका लागि अध्यक्षका दुई उम्मेदवारहरुले आफ्ना प्यानलका नेताको नाम सार्वजनिक गरेका छन्।
शुक्रबार अन्तिम नामवली सार्वजनिक गरेसगै सबै उम्मेदवारहरुको टुङ्गो लाग्ने, निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए। कुल ४ हजार ४ सय जना मतदाता रहने पनि उनले उल्लेख गरे।
अध्यक्षका २ उम्मेदवारहरु राजेन्द्र लिङ्देन र कमल थापा आ-आफ्नो प्यानल खडा गर्न र समर्थन जुटाउन आन्तरिक दौडधुप गरिरहेका छन्।
अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन प्यानलको उपाध्यक्षमा बिक्रम पाण्डे, दिलबिकास राजभण्डारी,रामचन्द्र राय र लिला श्रेष्ठ रहेका छन्।त्यस्तै महामन्त्रीमा डा.धवलशमशेर राणा,श्याम तिमल्सिना र रेखा थापा उम्मेदवार बन्ने भएका छन्।
दुबै प्यानलको उपाध्यक्षमा भने बिक्रम पाण्डेको नाम छ। थापा र लिङ्देन दुबैले पाण्डेको समर्थन आफुलाई रहेको दावी गरेका छन्।
अध्यक्ष कमल थापाको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की ध्रुवबहादुर प्रधान रहेका छन् भने महामन्त्रीमा भाष्कर भद्रा,भुवन पाठक र कुन्तिकुमारी शाही उम्मेदवार रहेका छन्।