झापा-झापा क्षेत्र नं ३ को मतगणनाले तिब्रता पाएको छ। हाल सार्वजनिक भएको मतपरिणाम अनुसार यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तरलाई फेरी फराकिलो बनाएका छन्।
झापा क्षेत्र नं ३ को ५२ हजार ८३ मत गणना पछि सार्वजनिक भएको मतपरिणाम अनुसार लिङदेनले २४ हजार ४९४ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाले २१ हजार ३२६ मत प्राप्त गरेका छन् । उनिहरु बिच ३ हजार १६८ को मतान्तर रहेको छ।