लिभरपुलका स्टार डियोगो जोटाको कार दुर्घटनामा निधन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको स्पेनको जमोरा प्रान्तमा भएको कार दुर्घटनामा निधन भएको छ । समाचार संस्था मार्काले यो खबर सार्वजनिक गरेको हो ।

२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडी थिए र लिभरपुलबाट प्रिमियर लिगमा खेल्दै आएका थिए। प्रारम्भिक जानकारीअनुसार, दुर्घटना गाडी अनियन्त्रित भएर भएको बताइएको छ, तर विस्तृत विवरण भने आउन बाँकी छ ।

EPIC EPIC EPIC EPIC EPIC

जोटा कारमा आफ्ना भाइसँगै यात्रा गर्दै थिए । दुवैको घटनास्थलमै निधन भएको रिपोर्ट गरिएको छ । दुर्घटनापछि कारमा आगो लागेको थियो । जोटाले केही दिनअघि मात्र विवाह गरेका थिए । फुटबल जगतमा यस घटनाले गहिरो शोक छाएको छ । जोटाको निधनले लिभरपुल र पोर्चुगलका फुटबल समर्थकमा ठूलो क्षति पुर्याएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *