लोगो बनाउने पालिकामा चौथो बन्यो कचनकवल

बनियानी । झापाको कचनकवल गाउँपालिकाले पालिकाको लोगो तयार गरेको छ । प्रतिष्पर्धाबाट बनाइएको लोगो मेचीनगर २ का कौशल रिजालले बनाएका हुन् ।

गाउँपालिकाका अनुसार पाँच वटा लोगोमध्ये रिजालले बनाएको लोगो कार्यपालिकाले छनौट गरेको हो । कार्यपालिकाले छनौट गरेको लोगोलाई सभाले स्वीकृत गर्दै अनावरण गरिसकेको गाउँपालिकाले जानकारी दिए । उनका अनुसार लोगो बनाउका लागि १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

EPIC EPIC EPIC EPIC

लोगोमा होचो भूभागमा रहेको केचना स्तम्भ, स्थानीय समुदाय झल्किने मान्छेको तस्वीर, जंगली हात्ती, कृषि क्षेत्र भएकाले कृषि क्षेत्र र जंगल देखाइएको छ । रिजालले बनाएको पहिलो लोगो पहिलो पटक स्वीकृत भएको जानकारी दिए । यसअघि पनि केहि पालिकाको लोगो बनाएपनि स्वीकृत भएको थिएन ।

यसअघि झापाको कनकाई नगरपालिका, दमक नगरपालिकाल र बुद्धशान्ति गाउँपालिकाले पनि पालिकाको लोगो बनाइसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *