वरिष्ठ लोक गायक जोशीको दाहसंस्कार कन्काइ माइमा शुक्रबार ११ बजे गरिने

झापा। चर्चित पूर्वेली लोकगायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। आज राति ८:३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा उनको निधन भएको हो।

लक्ष्मीप्रसाद जोशी, जो एलपी जोशीको नामले लोकगायन क्षेत्रमा प्रसिद्ध थिए, दमक–१ निवासी थिए। उनले ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो’ लगायतका लोकप्रिय लोकगीत गाएका थिए। उनका गीतहरू नेपाली लोकसंगीतमा कालजयी मानिन्छन्।

EPIC EPIC EPIC EPIC EPIC

विसं १९९३ सालमा धनकुटा ६ बीचबजारमा जन्मिएका जोशीले जीवनभर नेपाली लोकसंगीत र लोकसंस्कृतिमा महत्वपूर्ण योगदान पुर्याए। जोशीले रेडियो नेपालमा रेकर्ड गराएका ४५ गीतहरूमध्ये अधिकांश आज पनि सर्वसाधारणले गुनगुनाउने गर्छन्। उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गरेका थिए।

उनको अन्त्येष्टि समारोह शुक्रबार बिहान ११ बजे झापाको कन्काइ माइमा गरिने जानकारी प्राप्त भएको छ। जोशी आफ्नो छोरा मिलन र अन्य परिवारका सदस्यहरूसँग दमकमा बस्दै आएका थिए।

एलपी जोशीको निधनले नेपाली लोकसंगीत क्षेत्रमा ठूलो क्षति भएको छ। उनका योगदानलाई सदैव सम्झना गरिनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *