काठमाडौं। उत्तराखण्ड र हिमाचलमा २ दिनदेखि भइरहेको भारी वर्षा र हिमपातका कारण केदारनाथ-बद्रीनाथ धाम जाने बाटो बन्द भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार वर्षाका कारण ठूला ढुंगाहरू खसेर केदारनाथ-बद्रीनाथ धाम जाने सडक बन्द भएको हो।
भारतका उत्तर-पूर्वी राज्यहरूमा २ हप्तादेखि निरन्तर वर्षा भइरहेको छ।
पछिल्लो ११ दिनमा मिजोरममा मात्रै ६२६ स्थानमा पहिरो गएका छन्। जसमा परी ५ जनाको मृत्यु भएको छ।



















