विदेशिएका सपना चकनाचुर : वैदेशिक रोजगारीमा गएका सप्तरीका २४ युवा बाकसमा फर्किए

सप्तरी – सुन्दर सपना र घरपरिवार पाल्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारका लागि गएका २४ जना युवा सम्झनामा सिमित भएका छन्।

देशमा रोजगारीको अवसर नपाएर घरको आर्थिक अभाव टार्ने विकल्पको रुपमा विदेशिएका सप्तरीका २४ जना युवा अब सम्झनामा मात्रै रहेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका उनीहरुमध्ये कोही बासकमा फर्किए भने कोहीको अहिलेसम्म सम्पर्कमा आएका छैन।

आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा सप्तरीबाट १७ हजार एक सय २२ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्।

जसमा १६ हजार आठ सय ९३ पुरुष र दुई सय २९ महिला छन्। यसमध्ये २४ जनाको मृत्यु भएको छ भने पाँच सय ९४ जना ठगीमा परेका छन्।

वैदेशिक रोजगारकै क्रममा ज्यान गुमाउनेहरुमा सप्तरीको खडक नगरपालिका, तिरहुत गाउँपालिका र रुपनी गाउँपालिकाका तीन–तीन जना छन्।

यस्तै डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, महादेवा गाउँपालिका र बलान बिहुल गाउँपालिकाका दुई–दुई तथा राजविराज नगरपालिका, सप्तकोशी नगरपालिका, शम्भुनाथ नगरपालिका, राजगढ गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक–एक जना नेपाली युवाले विदेशी भूमीमा ज्यान गुमाएको सुरक्षित आप्रवासन ९सामी० का जिल्ला कार्यक्रम संयोजक राजेन्द्र कुमार यादवले जानकारी दिए।

उनले जिल्लाबाट वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्ति, एजेन्ट र म्यानपावर कम्पनीहरुबाट पाँच सय ९४ ठगीमा परेको बताए। गत आर्थिक वर्ष २०८०/०८१ मा सप्तरीबाट रोजगारीका लागि एक सय ६३ महिला र १२ हजार तीन सय ९४ पुरुष गरी कुल १२ हजार पाँच सय ५७ जना विदेशिएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *