विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रमः विद्यार्थीका लागि ‘क्लोज क्याम्प’

बुद्धशान्ति (पालिका सन्देश) । बुद्धशान्ति गाउँपालिका वडा नम्वर १ ले आफ्ना वडामा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत ‘क्लोज क्याम्प’ कार्यक्रमको सुभारम्भ गरेको छ । मंगलबार उक्त कार्यक्रम बुद्धशान्तिको किनारावस्तीबाट सुभारम्भ गरिएको हो ।

वडाको आर्थिक सहयोग तथा पहिलो चरणमा वडाको नमूना आधारभूत विद्यालयको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नका लागि टोल टोलमा गएर अंग्रेजी, गणित र विज्ञान विषय पढाउन सुरु गरिएको हो । पहिलो चरणमा नौ वटा टोलमा ९ जना दक्ष शिक्षकको व्यबस्था गरिएको वडा अध्यक्ष अनिल वाग्लले बताएका छन् । उनले आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि यो कार्यक्रम प्रभावकारी रहने बताएका छन् । उनले उक्त कार्यक्रमलाई भरपुर सदुपयोग गर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका छन् । वडाका तीनवटै विद्यालयलाई वडाले वजेट बिनियोजन गरेको छ । क्याम्प दुुई महिना सञ्चालन हुने बताइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार घतानीले वडाले शिक्षामा गरेको लगानी सह्रानीय भएको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका थिए । उनले राज्यको लगानी यसरी सही ठाउँमा सदुपयोग भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित गराउन समेत आग्रह गरेका छन् ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष घतानीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडासदस्य लक्ष्मी कडेल, मोहन कुमार राई, शिक्षक अभिभावकसंघका अध्यक्ष लेखनाथ खतिवडा, सूर्यादन टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गायत्रा ढुंगेलले गरेकी थिईन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *