विद्युत उपसमिति बालुबाडीको साधारण सभा सम्पन्न, अधिवेशन भने स्थगित

कचनकवल – साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत विद्युत उपसमिति, कचनकवल–७ बालुबाडीको १७औं वार्षिक साधारण सभा साना किसान चोकस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ। सभाको उद्घाटन कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले दीप प्रज्वलन र व्यानर वाचन गरी गर्नुभएको थियो।

सभामा संस्थाका अध्यक्ष चेतराज भट्टराईले आय–व्यय विवरण, प्रगतिपत्र तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरण अनुसार, संस्थाले उपभोक्ताबाट विद्युत महसुलबापत रु. २४ लाख ६९ हजारसहित विभिन्न शीर्षकमा गरी झण्डै रु. ३३ लाख ७५ हजार आम्दानी गरेको छ। खर्चतर्फ नेपाल विद्युत प्राधिकरणलाई महसुल भुक्तानीलगायत विभिन्न शीर्षकमा रकम खर्च भएको जनाइएको छ। बैंकमा नगद मौज्दात रु. ३ लाख ४३ हजार रहेको उल्लेख गरिएको छ। संस्थाको कुल सम्पत्ति झण्डै रु. १४ लाख १५ हजार रहेको र सामाजिक सेवाको रूपमा मिटर जडान, ट्रान्सफर्मर मर्मत, सडक बत्ती जडानजस्ता कार्य गर्दै आएको जानकारी सभामा प्रस्तुत गरिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

सभाका अवसरमा पाथीभरा र दीपज्योति सामुदायिक वन उपभोक्ता समितिलाई योगदानको कदरस्वरूप १/१ थान विद्युतीय चुलो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भद्रपुरका इन्जिनियर सर्वेन्द्र कुमार, वडा नं. ७ का सदस्यहरू, सामुदायिक वन तथा विद्यालयका प्रतिनिधिहरू, सुरक्षानिकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सभाको संयोजन संस्थाका वरिष्ठ सदस्य मित्रप्रसाद भट्टराईले गर्नुभएको थियो भने विभिन्न अतिथिहरूद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले स्थानीय स्तरमा सहकारीमार्फत सञ्चालित विद्युत व्यवस्थापनलाई अनुकरणीय बताउँदै उपभोक्तामैत्री सेवा, पारदर्शिता र प्रविधिमैत्री प्रणालीको विकास गर्न सुझाव दिनुभएको थियो। उहाँले विद्युत उपसमितिले ग्रामीण भेगको जीवनस्तर सुधारमा पुर्‍याएको योगदान प्रशंसायोग्य रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा विस्तार गर्न पालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो।

यता, अधिवेशन भने कार्यविधि तयार नभएकाले एकमहिनाका स्थगित गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *